०२ असार २०८३, मंगलबार

बहुविवाह गर्ने पक्राउ

साउन २९, २०७७
बहुविवाह गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह  मुद्दामा  छ  वर्षदेखि    फरार  रहेका  एक  व्यक्तिलाई पक्राउ गरेको छ ।

व्यास  नगरपालिका–६  का  ३९  वर्षीय  विष्णु  मल्ललाई  मङ्गलबार  घरबाटै  पक्राउ  गरिएको  जिल्ला  प्रहरी  कार्यालय  तनहुँका  प्रवक्ता  प्रहरी  नायब  उपरीक्षक  युवराज तिमिल्सिनाले जानकारी दिए।

तनहुँ  जिल्ला  अदालतले  २०७१  साउन  २७  गते  ११  महिना  १४  दिन  कैद  भुक्तान  गर्न  बाँकी  रहेका  मल्लको  खोजी  गर्ने  क्रममा  आफ्नै  घरमा  लुकीछिपी  बसेको  अवस्थामा  पक्राउ  गरिएको  उनले  जानकारी  दिए ।

मल्ललाई बाँकी रहेको कैद भुक्तानका लागि कारागार  कार्यालय  कास्की  पठाइएको  पनि  प्रहरीले  जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्