३१ जेठ २०८३, आइतबार

११८ यात्रु सवार लिबियाको विमान अपहरित, माल्टामा अवतरण गरियो

कात्तिक २०, २०७४
११८ यात्रु सवार लिबियाको विमान अपहरित, माल्टामा अवतरण गरियो
काठमाडौं, ८ पुस – अफ्रिकी मुलुक लिबियाको एक यात्रुवाहक विमानलाई शुक्रवार युरोपेली मुलुक माल्टामा अवतरण गरिएको छ । ११८ यात्रु सवार भएको उक्त विमान अपहरणमा परेको अफ्रिकियाह एयरवेजले पुष्टि गरेको छ ।


अफ्रिकियाह एयरलाइन्सको विमान एयरबस ए३२० लिबियाको आकाशमै उडेको अवस्थामा रुटबाट अन्तै मोडिएको थियो ।

प्रारम्भिक जानकारी अनुसार अपहरणमा दुई अपहरणकर्ता संलग्न रहेका छन् । उनीहरूले विमानलाई बमले उडाउने धम्की दिएको बताइएको छ ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षाफौज तयारीको स्थितिमा रहको बताए ।

माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलले अवैध हस्तक्षेप भएको ट्विटरमा लेख्यो ।

आपतकालीन टोलीलाई घटनास्थलतर्फ परिचालित गरिएको छ ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्