०९ असार २०८३, मंगलबार

हाम्रो किबोर्डमा अब बोलेरै नेपाली भाषामा टाइप गर्न मिल्ने

हाम्रो किबोर्डमा अब बोलेरै नेपाली भाषामा टाइप गर्न मिल्ने

रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । 

ताजा अपडेट स्मार्ट फोन एप्लिकेसनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेसन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।

बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुहोस्ः

ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरू गर्न सक्नुहुनेछ ।

हाम्रो ‘नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस् । अब नेपाली भाषामा टाइपिङ गर्न नसक्नु कुनै समस्या नै हैन । यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको  सुविधा समेटिएको नयाँ अपडेट ल्याएको हो ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रूपमा नेपाली टाइप गर्न हाम्रो किबोर्डले जनाएको छ ।

यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा

टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सकिनेछ ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको आवश्यकताअनुसार किबोर्डको आकार  चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुविधा समेटिएको छ नयाँ अपडेटमा, जसको सहयोगले प्रयोगकर्ताहरूले हाम्रो किबोर्डमार्फत् सजिलै टाइप गर्न सक्नेछन् ।

नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरू भए [email protected] मा इमेल गर्न सकिने छ ।

हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न अथवा अपडेट गर्न सकिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्