×

NMB BANK
NIC ASIA

प्रदेश सभाका गाडी प्रयोगमा मनलाग्दी: पहिलाकाले फिर्ता गरेनन्, अहिलेकाले थोत्रो भनेर लिएनन् !

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सभाका दुई संसदीय समितिका पूर्व अध्यक्षले नयाँ अध्यक्ष निर्वाचित भएको एक महिना बित्दा पनि गाडी फिर्ता गरेका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभाको स्टोर शाखाका सुरेन्द्र थापाका अनुसार हालसम्म तत्कालीन अध्यक्ष राजु नेपाली चढ्दै आएको गाडी र दीनबन्धु श्रेष्ठ चढ्दै आएको गाडी मात्र सम्पर्कमा छ । अन्य दुई गाडी फिर्ता नभएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालीले असार २९ गते नै गाडी फिर्ता गरेको पत्रसहित बा२झ २४०१ नम्बरको टाटा सुमोको चावी सचिवालयमा बुझाएकी छिन् ।


Advertisment
Nabil box
Kumari

संसद्को सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै भागमा परेका कारण अध्यक्षमा दीनबन्धु श्रेष्ठ नै दोहोरिएपछि उनले संसद् सचिवालयबाट प्राप्त गरेको कर्णाली ०२ ००१ झ ००४५ नम्बरको रातो स्कोर्पियो प्रयोग गर्दै आइरहेका छन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले उनी नै समितिमा दोहोरिएका कारण गाडी फिर्ताको सबाल नआउने बताए ।

Vianet communication
Laxmi Bank

अर्थ प्राकृतिक स्रोत साधन समितिको अध्यक्षता अम्बरबहादुर थापाले गरेका थिए । उनको स्थानमा अहिले नेकपाकै सांसद गणेशप्रसाद सिंह छन् । सांसद थापा संविधान सभा सदस्य समेत थिए, उनले आजसम्म सचिवालयमा गाडी बुझाएका छैनन् । सांसद थापाले कर्णाली ००२ ००१ झ ००४० नम्बरको स्कोर्पियो काठमाडौं लिएर गएका छन् । 

समितिको अध्यक्ष नयाँ व्यक्ति चुनिएको १ महिना बित्दा पनि उनले गाडी फिर्ता गरेका छैनन् ।

विधायन तथा प्रदेश मामिला समितिको अध्यक्ष गरेका पदमबहादुर रोकायाले पनि हालसम्म गाडी फिर्ता गरेका छैनन् । उनले कर्णाली ०२ ००१ झ ००४४ नम्बरको स्कोर्पियो फिर्ता नगरेका हुन् । 

यता सांसद अम्बर थापाले भने गाडी लिएर काठमाडौं गएको स्वीकार गरे । 

आफू सुर्खेत आइसकेको र समितिका नवनियुक्त अध्यक्ष देवी वलीले गाडी रुकुम पठाइदिन भनेका कारण आफूले फिर्ता नगरेको बताउँदै एकदुई दिनमै प्रदेश सभा सचिवालयमा गाडी फिर्ता गरिदिने बताए ।

अर्का सांसद रोकायाले आफूले गाडी त्यही दिन छाडेको दाबी गरे । उनले गाडीको चाबी आफूले सचिवालयमा हस्तान्तरण नगरेको तर सचिव लगायतसँग मौखिक रूपमा भनेको बताए । दुवै पूर्व अध्यक्षलाई सैद्धान्तिक बेरुजु आउने त होला नि भन्ने प्रश्नमा त्यो बारेमा सचिवालयलाई नै सोध्न आग्रह गरे ।

यता प्रदेश सभा सचिव जीवराम बुढाथोकीले सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले मात्रै चाबी बुझाएको बताए ।

सार्वजनिक लेखा समितिमा पूर्व अध्यक्ष नै कायम भएको बताउँदै अन्य दुई अध्यक्षले गाडी कहाँ लगेका छन् आफूलाई जानकारी नभएको उनको भनाइ छ । 

‘जसरी गाडी सचिवालयबाट उहाँहरूले लिनुभएको हो त्यसरी नै फिर्ता दिनुपर्छ, बाँकी रहेका तीनवटा गाडी कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार प्रदेश सभा सचिवालयको हो,’ उनले भने, ‘उहाँहरूमाथि एक महिना गाडी प्रयोग गरेको सैद्धान्तिक बेरुजु आउने पक्का छ । नैतिकताका आधारमा उहाँहरूले गाडी प्रदेश सभालाई जिम्मा लगाउनुको साटो मनमर्जी तरिकाले गाडी कुदाउनु गलत हो ।’

यता, अर्थ तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद सिंहले प्रदेश सभा सचिवालयले आफूलाई गाडी नदिएको आरोप लगाए । ‘मैले गाडी मागेको थिएँ, तर अहिलेसम्म पाइएको छैन, म अहिले काठमाडौंमा छु,’ उनले भने ।

उनले यस्तो भनेपनि प्रदेश सभा सचिवालय स्रोत भने जगेडामा पुरानो गाडी रहेकाले अध्यक्ष सिंहले लिन नमानेको बताउँछ । स्रोत भन्छ, ‘सांसद नेपालीले गाडीको चाबी दिएलगत्तै हामीले गाडी लैजान भनेका हौं, तर उहाँले यस्तो थोत्रो गाडी चढ्दिनँ भन्नुभयो, हामीले जबरजस्ती जिम्मा लगाउने कुरा पनि भएन । केही गाडी फिर्ता नभएको र हामीसँग नयाँ गाडी नरहेको अवस्थामा कसरी नयाँ गाडी दिनु ?’

२७ महिना जेष्ठ सदस्यहरूले बैठक चलाएपछि समितिको नेतृत्व चयन असार २९ गते भएको थियो । विषयगत समितिको बैठक अहिलेसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको थियो ।

सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार र सामाजिक विकास समितिको अध्यक्षमा नेकपाकै देवी ओली निर्विरोध निर्वाचित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x