काठमाडौं, २१ बैशाख– नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार बनेका मदन गिरी अपहरणमा परेको नयाँ शक्तिले जनाएको छ ।

बुधबार साँझ काठमाडौंको नया“बजारबाट ४ जनाको समूहले उनलाई अपहरण गरेको नयाँ शक्तिले जनाएको छ ।
नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउं भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ । नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उनले बताइन् ।