३१ जेठ २०८३, आइतबार

आजदेखि बुटवलमा लकडाउन

साउन २९, २०७७
आजदेखि बुटवलमा लकडाउन

बुटवल उपमहानगर क्षेत्रभित्र बिहीवारदेखि बन्दाबन्दी गरिने भएको छ ।

बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । 

दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।

लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । 

उपमहानगरपालिकाले होटल तथा रेस्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्