२५ जेठ २०८३, सोमबार

ठूला दललाई बागीको चिन्ता

कात्तिक २०, २०७४
ठूला दललाई बागीको चिन्ता

काठमाडौं, २१ बैशाख– बैशाख ३१ मा हुने ३४ जिल्लाका स्थानीय निकायको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज विभिन्न पदहरुमा मनोनयन दर्ता गराएका उम्मेद्वारहरुको अन्तिम सूचि प्रकाशित गर्दैछ । सो अघि उम्मेद्वारहरुले चाहेको खण्डमा उम्मेद्वारी फिर्ता लिन सक्नेछन् ।4-Party-Umedbar

आयोगले मनोनयन जाँचपछि मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र सो नामावली प्रकाशनपछि कुनैपनि उम्मेदवारले नाम फिर्ता लिन चाहे लिन पाउने व्यवस्था गरिएको हो ।

विभिन्न स्थानीय तहमा पार्टीबाट टिकट नपाएपछि बागी उम्मेद्वारी परेको जानकारीहरु प्राप्त भएका छन् । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले,  माओवादी केन्द्र र राप्रपामा सबैभन्दा धेरै बागी उम्मेद्वारी परेको छ । पार्टीबाट टिकट नपाएपछि उनीहरुले स्वतन्त्र उम्मेद्वारी दिँदा मूल पार्टीमा चुनावी असर देखिने भएकाले ठूला दललाई बागी टाउको दुखाई बनेको छ ।
यसैक्रममा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ ।

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक काँग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उनको भनाई छ ।
यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि पार्टीको लाइनविपरित बागी उम्मेदवारी दिनेलाई कडा कारबाही गर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदका लागि करिब ४४ हजारले मनोनयन पत्र दर्ता गरेको प्रारम्भिक तथ्य आएको जनाएको छ ।

निर्वाचनका लागि मङ्गलबार भएको मनोनयनमा नगरपालिका गाउँपालिकाका प्रमुख अध्यक्षमा एक हजार ८४७, उपप्रमुख उपाध्यक्षमा एक हजार ३६७ र वडा अध्यक्षमा १० हजार २४ ले मनोनयन दर्ता गरेका छन् ।

आयोगमा विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार वडा सदस्यमा १५ हजार ९३७, महिला सदस्यमा सात हजार ९३६ र दलित महिला सदस्यमा छ हजार ५८९ ले मनोनयन दर्ता गरेका छन् । इन्टरनेट प्रविधिमा देखिएको गडवढीका कारण दुर्गमका केही जिल्लाबाट मनोनयन दर्तासम्बन्धी एकिन विवरण आउन अझै बाँकी रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्