१० साउन २०८३, आइतबार

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।

कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो। 

बार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ। शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको छ।

salt training

कमेन्ट गर्नुहोस्