०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ब्लक छनौट

कात्तिक २०, २०७४
प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ब्लक छनौट

बैतडी, २१ वैशाख– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) छनौट गरेको छ ।

तरकारी र मकै तथा मकैको बीउ उत्पादनका लागि दुई ब्लक र १५ वटा पकेट छनौट गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटिए महेश अवस्थीले जानकारी दिए ।

कृषि समूहले दिएको आवदेनका आधारमा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)को छनौट गरिएको उनले बताए । मकै तथा मकैको बीउ उत्पादनका लागि साबिकका मेलौली, महारुद्र, शिवनाथ, विशालपुर गाविसलाई छनौट गरिएको छ ।

यस्तै, तरकारीका लागि पाटन नगरपालिकाको सिद्धपुर र सिद्धेश्वरलाई छनौट गरिएको उहाँले बताउनुभयो । साना व्यावसाियक कृषि उत्पादन केन्द्र ९पकेट०का लागि साबिकका शिखरपुर, मठैराज, दुर्गास्थान, रुद्रेश्वर, देहीमाडौँ, डिलासैनी, सलेना, गोकुलेश्वर, सिलङ्गा, गुरुखोला र भौनेली गाविस छनौट भएका जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए ।

व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि दुईसय हेक्टर जमिन र साना व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि १० हेक्टर जमिन आवश्यक पर्दछ । ‘यसरी ब्लक र पकेटका लागि छनौट भएका ठाउँमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ,’ योजना अधिकृत चन्दले भने ।

salt training

कमेन्ट गर्नुहोस्