२१ असार २०८३, आइतबार

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरू

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरू

माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।

 नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । 

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लि.संग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । 

माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजी प्रालिसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्