१४ असार २०८३, आइतबार

४०० किलो तौल उठाउँदा भाँचियो भारोत्तोलकको गोडा (भिडियो)

४०० किलो तौल उठाउँदा भाँचियो भारोत्तोलकको गोडा (भिडियो)

रुसका एक भारोत्तोलकले ४०० किलोको तौल उठाउने प्रयास गर्दा आफ्ना दुवै गोडा भाँचेका छन् । 
 

अलेक्जेन्डर सेदीखले वर्ल्ड र पावरलिफ्टिङ फेडरेसन युरोपीयन च्याम्पियनशिप्समा भाग लिने क्रममा यो दुर्घटना बेहोरेका हुन् । 

साबिक विजेता सेदीख गह्रौं भार काँधमा बोक्नका लागि बारमुनि झुकेको देखिन्छ । उनी त्यति भारी वस्तु उचाल्दा काँपेको देखिन्छ । 

उनले भार उचाल्दै गर्दा केही समय त ठीकै देखिन्छ तर उनको घुँडाले थाम्न सक्दैन र सेदीख पीडाले चिच्याएको देखिन्छन् । 

चिकित्सकहरू भारोत्तोलकको सहायता गर्न दौडिएका थिए । उनलाई तत्कालै सर्जरीका लागि अस्पताल कुदाइएको थियो । शल्यक्रिया ६ घन्टा चल्यो । 

उनका दुवै गोडाका हाडमा फ्र्याक्चर भएका छन् । र उनको क्वाड्रीसेप मांसपेशीलाई पुनः जोड्नुपरेको थियो ।

उनले अब फेरि हिँड्न सिक्नुपर्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्