१९ असार २०८३, शुक्रबार

पहिरोमा परी भएको मानवीय क्षतिप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

पहिरोमा परी भएको मानवीय क्षतिप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन् ।

गएराति परेको अविरल वर्षापछि आएको पहिराका कारण  सिन्धुपाञ्चोकको जुगल गाउँपालिका –२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त पहिरामा परी सात जनाको मृत्यु र करीब ३५ जना बेपत्ता भएका थिए ।  यस्तै कालीकोट महावै गाउँपालिकामा गए राति आएको पहिरामा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो ।

अध्यक्ष दाहालले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पुर्‍याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्