
काठमाडौं २१ वैशाख - प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग बिरुद्ध बिहीवार संसद भवन अगाडि प्रदर्शन हुने भएको छ । गैर सरकारी संस्था महासंघको अगुवाइमा न्यायिक स्वतन्त्रता तथा स्थानिय तह निर्वाचनको सुनिश्चितताका लागि संयुक्त नागरिक धर्ना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
संसद बैठक बस्नु अगाडी दिउसो २ बजे नयाँ बानेश्वर स्थित संसद भवनलाइ लक्षित गरि संयुक्त नागरिक खबरदारी अभियान आयोजना गरिएको हो । दिउसो ३ बजे बस्ने संसद बैठकमा प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।