झापाको बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकामा च्यापिएर शनिवार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी ८ वर्षीया छोरी एन्जल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरू ११ वर्षीया एलुन र ८ वर्षीया एन्जला शुक्रवार गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।