२८ असार २०८३, आइतबार

उम्मेदवारहरुको नामावली प्रकाशन हुँदै, उम्मेदवारी फिर्ता पनि आजै

कात्तिक २०, २०७४
उम्मेदवारहरुको नामावली प्रकाशन हुँदै, उम्मेदवारी फिर्ता पनि आजै

काठमाडौं, २१ वैशाख– निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

उम्मेदवारको नामावली प्रकाशनका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मको सयम तय गरिएको छ । आजै उम्मेदवारी दर्ता गरेका तर नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि समेत समय तोकिएको छ ।

दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्म्ेदवारी फिर्ता लिनसक्ने आयोगले जनाएको ।

यससँगै भोलि(शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशनका साथै चु्नाव चिह्न प्रदान गर्ने कार्यसूची आयोगले सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्