
काठमाडौं, २१ वैशाख - हिँजोदेखि सम्पर्क विहीन भएका काठमाडौंको नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेदवारको अवस्था अझै सम्म पनि अज्ञात छ । नयाँ शक्ति पार्टीबाट वडा अध्यक्षका उम्मेदवार मदन गिरीको अवस्था अझै सम्म अज्ञात रहेको हो ।
तर उनको कार चाहिँ फेला परेको छ । उनको बा ११ च ४०२९ नम्बरको कार चाबीसहित नयाँ बजारमा फेला परहेको छ ।
उनले हिँजो साँझ ७ बजे आफूलाई चार जनाले अपहरण गरेको म्यासेज नयाँ शक्तिका नेताहरुलाई पठाएका थिए । उनले आफूलाई बानेश्वरतर्फ लगिँदै गरेको बताएका थिए । त्यसपछि चाहिँ उनको फोन समेत अफ रहेको छ ।