१८ असार २०८३, बिहीबार

टिप्परको ठक्करबाट बालकको मुत्यु

साउन ३१, २०७७
टिप्परको ठक्करबाट बालकको मुत्यु
प्रतिकात्मक तस्वीर

गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड अन्तर्गत अर्घाखाँचीको शीतगंगा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार एक बालकको मृत्यु भएको छ ।
   
कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का ३ वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना २ बच्चासहित ४ जना सवार रहेको थियो । सवार अन्य ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्