०४ असार २०८३, बिहीबार

लमजुङमा तीनजना उम्मेदवार निर्विरोध

कात्तिक २०, २०७४
लमजुङमा तीनजना उम्मेदवार निर्विरोध


लमजुङ, २१ वैशाख-स्थानीय तह निर्वाचनका क्रममा लमजुङका तीन स्थानमा निर्विरोध भएका छन् । चुनावमा गठबन्धन गरेर अघि बढेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दलित महिला सदस्य निर्विरोध भएका हुन् । 

नेकपा एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै निर्विरोध हुनुभएको हो । सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएको अर्का खुल्ला सदस्य पनि निर्विरोध हुनुभएको छ ।

खुल्ला दुई चाहिनेमा एमालेबाट दुईजनाको मात्र उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसका तर्फबाट एकजनाले उम्मेदवारी दिनुभएको छ । काँग्रेसबाट उम्मेदवारी परेका अर्का एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी रद्द भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध हुनुभएको छ । वैशाख २२ गते निर्वाचन चिह्न वितरणको समयमा निर्विरोध हुने सदस्यको नाम टुङ्गो लाग्ने कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्