
काठमाडौं, २१ वैशाख - नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्की माथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता नलिए सम्म संसद चल्न नदिने बताएका छन् ।
पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए । आज दिउँसो संसद बस्ने तयारी भएको छ ।
कांग्रेस र माओबादी केन्द्रका सांसदहरुले कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका छन् ।