×

NMB BANK
NIC ASIA

विकासमा बेथिति

कालोपत्रे निर्माणको १ महिनामै सीमा सडकका ठाउँठाउँमा भ्वाङ

भदौ १, २०७७

NTC
Premier Steels

कैलालीमा भएको सीमा सडक कालोपत्रे निर्माणको १ महिनमै सडकमा दरार फाट्न र भ्वाङ पर्न थालेको छ ।

Muktinath Bank

कैलाली जिल्लामा निर्माणाधीन नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा कालोपत्रे गरेको १ महिना नबित्दै ठूला–ठूला दरार फाट्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण भइरहेको सडक गुणस्तरहीन समेत बनेको छ । सडक छोटो समयमै भत्किन थालेपछि स्थानीय चिन्तित छन् ।


Advertisment
Nabil box
Kumari

कैलारी गाउँपालिका–३ खोनपुरका स्थानीय लहानु चौधरीले ठेकेदारले आफूहरूको सल्लाहलाई बेवास्ता गरी निर्माण गरेपछि जेठमा सम्पन्न भएको कालोपत्रे असारमै भत्किएको जानकारी दिए । उनका अनुसार ठेकेदारले सडकमा माटो पटान गरेको तर सडकको ‘लेयर’ अनुसार ‘कम्पेक्सन’ नपुगेपछि १ महिनामै भत्किएको छ ।

Vianet communication

भारतको चन्दनचौकीदेखि फूलबारी हुँदै चौमालासम्म ३२ किलोमिटर रहने सो सडकले पूर्वपश्चिम राजमार्गसँग जोड्ने गर्छ । १४ किलोमिटर सडक कालोपत्रेको लागि आर्थिक वर्ष २०७४/०७५ मा नागार्जुन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग १८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

हाल दोस्रो पटक थपिएको म्यादमा काम गरिरहेको सो निर्माण कम्पनीले २०७७ कात्तिक २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने डिभिजन प्रमुख अर्जुन बमले बताए । तर सडक अन्तर्गत कैलारी गाउँपालिका–३ स्थित मोहना नदीदेखि हुलाकी राजमार्गको सुर्मीनाला पुलसम्मको करीब २ किलोमिटर कालोपत्रे सडकको ठाउँठाउँमा भाँसिएको छ । सुर्मी नालाको छेउ भएर निर्माण भएको सडकमा कालोपत्रेको लागि राम्रो ‘बेस’ तयार नहुँदै कालोपत्रे गरिएपछि भत्किन थालेको कैलारी गाउँपालिका–३ का स्थानीय मनोज चौधरीले बताए ।

निर्माणको क्रममा ठेकेदारले आफ्नो मनलाग्दी गरेको दाबी गर्दै उनले भने, ‘ठेकेदारले यतिसम्म मनोमानी गरेको छ कि हामीले सडकको इस्टिमेट माग्दा समेत दिन मानेन । आयोजना विवरण सहितको साइन बोर्ड विना काम गरेको छ । सडकमा ट्राफिक चिह्नको प्रयोग पनि गरेको छैन । आँखामा छारो हाल्ने मात्रै काम भएको छ । यससम्म कि कल्भर्ट बनाउने ठाउँमा माटोले पुरेर समस्या सिर्जना गरेको छ । यो सडकमा अझैसम्म लोड गाडी चलेको छैन, लोड गाडी चलेपछि के हालत होला ।’

डिभिजन प्रमुख बमले हालसम्म सो सडक हस्तान्तरण नभएकाले सडकमा देखिएको समस्या समाधान तथा बनाउने दायित्व निर्माण व्यवसायीको रहने बताए । उनले भने, ‘काम अझै जारी छ । हस्तान्तरण भएको छैन । जुनकारण भत्केको, बिग्रेको तथा बाँकी रहेको कामको जिम्मा निर्माण व्यवसायीकै हुन्छ । हस्तान्तरण भएको १ वर्षसम्म पनि निर्माण पक्षकै जिम्मेवारी रहन्छ । चाँडै नै बनाउने कार्य हुन्छ ।’

तराई–मधेश समृद्धि सडक पूर्वाधार कार्यक्रम अन्तर्गत कैलाली जिल्लामा सो सीमा सडक निर्माणको कार्य अगाडि बढाइएको हो । जिल्लाको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका र गौरीगंगगा नगरपालिकामा गरेर ४ ठाउँमा चन्दन चौकी–फूलबारी–चौमाला सीमा सडक निर्माण भइरहेको छ । ३ वटै स्थानीय तहमा ४ खण्ड बनाएर निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

बीच सडकमा रुख पारेर कालोपत्रेको तयारी

सो सडक अन्तर्गत धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रको १२०० मिटरमा जंगल परेको छ । कालोपत्रेको तयारी गरिएको सो क्षेत्रमा २ वटा रुख कटान नहुँदा बीच सडकमै रुख राखेर कालोपत्रको लागि ‘सबबेस’ तयार गरिएको छ ।

डिभिजन प्रमुख बमले भने, ‘कालोपत्रेको काममा सो क्षेत्रमा रहेका २ वटा रुखले समस्या सिर्जना भएको छ । त्यो रुख नहटाउँदा काममा ढिलाइ हुँदै गएको छ ।’

सो सडक निर्माणले छोटी भन्सार कार्यालय स्थापनामा सहयोग पुग्नुका साथै विभिन्न स्थानीय तहमा आवतजावतमा सहज हुने बताइएको छ । यति मात्रै नभई हुलाकी राजमार्ग रहेको सवारी चापलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x