२३ जेठ २०८३, शनिबार

टिकट नपाएपछि कांग्रेस नगर सभापति नै स्वतन्त्र  

कात्तिक २०, २०७४
टिकट नपाएपछि कांग्रेस नगर सभापति नै स्वतन्त्र  


लमजुङ, २१ वैशाख- स्थानीय तह चुनावका लागि नेपाली कांग्रेस नगर सभापति नै स्वतन्त्र उम्मेदवार बनेका छन् ।  नेपाली कांग्रेस लमजुङ सुन्दरबजार नगर कार्यसमितिका सभापति द्वारिका मिश्रले नगर प्रमुख पदका लागि आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसले आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि मिश्रले आफ्नो सेट बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । ११ वडा रहेको सुन्दरबजार नगरपालिकामा मिश्र पक्षबाट उपप्रमुखमा रामचन्द्र अधिकारी र १० वटै वडामा सबै पदाधिकारीसहितको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

सुन्दरबजार नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा बद्रीमान श्रेष्ठलाई अघि सारेको छ भने उपप्रमुखमा ज्ञानु शाहले उम्मेदवारी दिएकी छिन् ।  त्यस्तै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट एमालेका जनकराज मिश्रलाई प्रमुख र उपप्रमुखमा माओवादीकी शान्ता भुजेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, राप्रपाका तर्फबाट प्रमुखमा पार्वती वाग्ले, उपप्रमुखमा नवराज बसौला छन् । यसैगरी, नयाँ शक्ति र सङ्घीय समाजवादी गठबन्धनबाट उपप्रमुखमा ऋषि पोख्रेलले मनोनयन दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्