१४ असार २०८३, आइतबार

नागरिक लगानी कोषले १ अर्ब ३५ करोडभन्दा बढीको शेयर निष्काशन गर्ने

नागरिक लगानी कोषले १ अर्ब ३५ करोडभन्दा बढीको शेयर निष्काशन गर्ने

नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शून्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । 

प्रतिशेयर रु. १०० का दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयरको १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । 

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सोमवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्