३२ असार २०८३, बिहीबार

नागरिक लगानी कोषको हक प्रद शेयर निष्काशन सम्झौता

नागरिक लगानी कोषको हक प्रद शेयर निष्काशन सम्झौता

नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शून्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ ।

प्रति शेयर रु.१००/—दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको एक अर्ब ३५ करोड बयानब्बे लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

उक्त हक प्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । 

हक प्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्