०२ असार २०८३, मंगलबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, आज १६८ थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, आज १६८ थपिए
फाइल फोटो।

काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या दुई हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ५, ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४७ गरी २ हजार १ सय ३४ जनामा कोरोना पुष्टि भइसकेको छ। 
उपत्यकामा १० जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। 

उपत्यकामा २ सय ४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। काठमाडौँ जिल्लामा १ सय ६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका हुन्। 

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८ सय ८३ जना  छन्। सोमबार मात्रत्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन्। काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्