२३ असार २०८३, मंगलबार

स्वास्थ्य मापदण्ड उल्लंघन गरे एक हजार जरिवाना, मास्क नलगाए सय रुपैयाँ असुलेर दुइटा मास्क उपहार!

भदौ १, २०७७
स्वास्थ्य मापदण्ड उल्लंघन गरे एक हजार जरिवाना, मास्क नलगाए सय रुपैयाँ असुलेर दुइटा मास्क उपहार!

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवना गर्ने भएको छ। 

नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो। 

चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णय बमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्य मात्र मनाउने निर्णय गरेको छ।
सो निर्णय नमान्नेलाई एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पिसिआर परिक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए। ‘मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,’–उनले भने

चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवाना गर्ने नगरपालिकाले निर्णय गरेको छ । 

अनधिकृत रुपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन, २०७७ बमोजिम जरिवाना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने जनाइएको छ। 

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिए यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन निषेध गरेको छ । 

उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुराँ, चिया पसल बन्द गर्न, सटर, ढोका अगाडि सामान राखेर बिक्रीवितरण गर्न, स्वास्थ्य मापदण्ड विपरित श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्