२५ जेठ २०८३, सोमबार

सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता नलिने प्रचण्डको अडान

कात्तिक २०, २०७४
सुशीला कार्कीविरुद्धको महाअभियोग  फिर्ता नलिने प्रचण्डको अडान

काठमाडौं, २१ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरिदिएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाअभियोग फिर्ता लिने निर्णय लिन नसक्ने बताए ।

‘तपाईले भनेजस्तै महाअभियोग फिर्ता लिन म एक्लैले निर्णय लिन सकिने अवस्था छैन,’ ओलीको आग्रहमा प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ।

त्यसपछि एमाले अध्यक्ष ओलीले फिर्ता नलिने भए महाअभियोग प्रस्ताव तत्काल संसदमा पेश गर्न आग्रह गरे । अध्यक्ष ओलीले कार्कीको कार्यकाल एक महिना मात्रै बाँकी रहेको अवस्थामा उनीविरुद्धको महाअभियोग प्रस्ताव धेरै दिन संसदमा अड्काएर राख्न नमिल्ने बताएका थिए ।

महाअभियोग प्रस्तावलाई संसदमै अड्काउने कोशिष गरिए आफूहरुले प्रतिकार गर्ने एमाले अध्यक्षको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्