
यदी तपाई फेसबुक र इन्स्टाग्राममा राम्रो पोज भएको फोटो हाल्न चाहनुहुन्छ भने शायद बादलमा घेरिएको पर्वतको उचाइमा खिचिएको तस्वीर राम्रो हुने छ ।
खास गरेर तपाई प्लेव्बाई मोडल(एक पत्रिका जसले नग्न तस्वीरहरु छाप्ने गर्छ) को पक्षधर हुनुहुन्छ र लाखौं मासिनसले पछ्याएका छन् भने तपाईको चाहना यस्तो स्थानमा फोटो खिच्न चाहनुहुन्छ । यो पक्कै पनि नाङ्गो फोटो नै हुने छ ।
यस्तै भएको छ, प्लेव्वाई मोडल जेलीन कुनले न्यूजील्याण्डका माउन्ट टारानाकीमाथि नाङगो फोटो खिचाएकी छिन् । तर त्यहाँका आदिवासी माओरी समुदायका मानिसले आरोप लगाएका छन् की सांस्कृतिक रुपमा यस्तो गर्नु असंवेदनशील थियो ।
माउण्ट टारनाकी वास्तवमा एक ज्वालामुखी हो र माओरो मानिस यसलाई पत्रिव मान्छन् । माओरी समुदायका पूर्वजलाई यहाँ गाडिएको विश्वासका साथ माओरी समुदायले यस पर्वतलाई आफ्नो पूर्वजको रुपमा लिने गरेका छन् ।
पारम्परिक रुपमा यस पर्वतमा चढ्नु नै गलत मानिने गरिएको छ । कहिले काँही कुनै चाडपर्व उपलक्षमा मात्र जाने गरिएको छ ।

माओरी समुदायका प्रवक्ता डेनिस गावरेका अनुसार यो भ्यातिकन तथा सेन्ट पीटर्स बासिल्कामा गएर न्यूड फोटो खिच्नु जस्तै काम हो ।
जेलीन कुन स्वयं न्यूजील्याण्डकी हुन् । यो तस्वीर तब लिइन् जब उनी केही दिन पहिला पहाडमा गएकी थिइन् ।
इन्स्टग्राममा यस तस्वीरको करिब १० हजार लाइक प्राप्त भएको छ ।
यसैगरी २०१५ मा मलेशियामा केही पश्चिमी पर्यटक मलेशियामा एक पहाडमा नग्न रुपमा चढेका थिए । पछि त्यहाँ भूकम्प आयो र मानिहरुले पवित्र पहाडको अपमान गरेका कारण भूकम्प आएको बताएका थिए ।