०१ असार २०८३, सोमबार

सरकार फेर्ने कोशिश नगर्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

कात्तिक २०, २०७४
सरकार फेर्ने कोशिश नगर्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले पहिलो पटक नाम लिएर चीनको आलोचना गरेको छ । आलोचनामा भनिएको छ, चीन उसको संयमतालाई परीक्षा नलिओस् । अर्को एक समाचारमा अमेरिकालाई पनि चेतावनी दिइएको छ ।

केसीएनए अर्थात कोरियन सेन्ट्रल न्यूज एजेन्सी (सरकारी संस्था) ले तीन मेमा चीनको सञ्चार माध्यममाथि परमाणु खतराको विषयलाई बढाई चढाई प्रचार गरेको आरोप लगाएको थियो ।

फेब्रुअरीमा पनि केसीएनएले चीनको आलोचना गरेको थियो । तर उक्त समाचार मा भने चीनको नाम नलिइकन उसले अमेरिकाको तालमा नाचेको आरोप लगाएको थियो । क्षेत्रीय मिडियामा पनि उत्तर कोरियाई मिडियाको भनाइको समर्थनमा आएका छन् ।

दक्षिण कोरियाको यूनिफिकेशन मन्त्रालयले भनेको छ कि यस अघि उत्तर कोरिया चीनको आलोचना गर्दा छिमेकी देश शव्दको मात्र प्रयोग गथ्र्यो तर यसपटक उसले सिधै चीनको नाम लिएको छ ।


उता चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यदी उत्तरले थप परमाणु परीक्षण गरेको खण्डमा चीनले यस्तो कदम उठाउनु पर्छ जुन यसअघि चीनले कहिल्यै उठाएको थिएन भन्दै लेख लेखेको छ ।

चीनलाई उत्तर कोरियाको समर्थक मानिदै आइएको छ । तर जबदेखी चीनले परमाणु तथा मिसाइल कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि आर्थिक दबाब बनाउन शुरु गरेको छ जसका कारण यी दुई देशको सम्बन्धमा समस्या आएको छ ।

यसैबीच उत्तर कोरियाको पत्रिका मिन्जू जोसोनले अमेरिकालाई चेतावनी दिदै सत्ता परिवर्तनको कोशिश नगर्न भनेको छ ।

‘ट्रम्प प्रशासनले उत्तर कोरियामा नेतृत्व परिवर्तनका लागि आफ्नो सैन्य नीतिलाई मुख्य योजना बनाएको र यसलाई हासिल गर्ने कोशिश गरिरहेको छ’ पत्रिकामा भनिएको छ ।

उता दक्षिण कोरियाको योनहैप न्यूज एजेन्सीले अमेरिकी वेभसाइटको २८ वर्थलाई उदृत गर्दै उत्तरु कोरियाको परमाणु टेस्टका लागि काम भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्