काठमाडौँ, ८ पुस - काठमाडौँ उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौती थपिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै विद्युत्भार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले प्रणाली बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको बताए ।
काठमाडौँ उपत्यकामा हटाइएको विद्युत्भार कटौतीलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै घिसिङले यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।
घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै उनले प्राधिकरण ऐनानुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए । प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गरे । तीन वर्ष पहिले रु २९ अर्ब घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल रु ३५ अर्ब पुगेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी बनाउन र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे ।
ने