२६ जेठ २०८३, मंगलबार

महाअभियोग प्रस्तावमा हस्ताक्षर किर्ते भयो भन्दै सांसदले निवेदन दिएका छैनन्ः सभामुख

कात्तिक २०, २०७४
महाअभियोग प्रस्तावमा हस्ताक्षर किर्ते भयो भन्दै सांसदले निवेदन दिएका छैनन्ः सभामुख

काठमाडौं, २१ वैशाख–सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्तामा किर्ते हस्तारक्षर प्रयोग भएकोबारे कसैले निवेदन नदिएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा आफूलाई धेरैले महाअभियोगमा किर्ते हस्ताक्षर बारे सोधेको भन्दै सभामुख घर्तीले जवाफ दिएकी छिन् ।

ट्वीटरमा समामुख घर्ती लेख्छिन्,‘महाअभियोगका लागि किर्ते हस्ताक्षर गरियो भन्दै धेरैले मलाई मेन्सन गर्नुभयो तर अहिलेसम्म एकजना माननीयज्यूले पनि मलाई निवेदन गर्नुभएको छैन ।’

आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले हस्ताक्षर गर्दै प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका थिए ।

तर, हस्ताक्षरकर्ता मध्ये केही नेताले आफूहरुले उक्त प्रस्तावमा हस्ताक्षर नगरेको र किर्ते हस्ताक्षर गरेको सञ्चारमाध्यमहरुलाई जनाएका समाचारहरु सार्वजनिक भएपछि महाअभियोग दर्ताका लागि सांसदहरुको किर्ते हस्ताक्षर गरिएको भन्दै सामाजिक सञ्जालहरुमा विरोध भएको थियो ।

तर, सभामुखले किर्ते भयो भन्ने सांसदहरुबाट केही जानकारी वा छानविनका लागि निवेदन पेश नभएको आशयको ट्वीट गरेकी छिन् ।

आजको संसद बैठकको कार्यसूचीमा महाअभियोग राख्ने की नराख्ने भन्ने विवाद मिल्न नसक्दा संसद बैठक बस्न सकेन । कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगविरुद्ध नेकपा एमालेसहित ११ दल एक भएका छन् ।

एमाले नेतृत्वको मोर्चासहित राप्रपा, विजयकुमार गच्छादारको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम विपक्षमा उत्रिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्