१० साउन २०८३, आइतबार

खाद्यान्न भनेर मदिरा ओसार्ने प्रहरीकाे फन्दामा

भदौ ६, २०७७
खाद्यान्न भनेर मदिरा ओसार्ने प्रहरीकाे फन्दामा

निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट  छन्। डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो। 

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिए।

आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उनले बताए। शनिबार परेकाले कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्