०९ असार २०८३, मंगलबार

आधा दाह्रीवाला युवाको फोटो किन भयो विश्वभर भाइरल

कात्तिक २०, २०७४
आधा दाह्रीवाला युवाको फोटो किन भयो विश्वभर भाइरल
दाह्री राख्नु पछिल्ला दिनमा ट्रेन्ड नै चलेको छ । विशेषत युवाहरु अलगअलग ढंगबाट दाह्री राख्छन् ।

तर, पछिल्लो केही दिनमा एक यस्ता व्यक्ति इन्टरनेटमा भाइरल भएका छन् जो दाह्री राख्छन् पनि राख्दैनन् पनि ।
एक ट्वीटर ह्यान्डलमा केही दिन पहिले एक पोल मार्फत के मैले दाह्री बनाउनु पर्छ भनि प्रश्न गरिन्थ्यो ।

उक्त पोलको नतिजा ५० ५० प्रतिशत रह्यो । अर्थात दाह्री बनाउन पर्छ र पर्दैन भन्ने दुवै आधा आधा ।
@pzcoop ह्यान्डलका ति युवाले आधा दाह्री भएको र आधा नभएको फोटाहरु पोस्ट गर्न थाले जुन भाइरल भएको छ । कूप नामक ति व्यक्तिको नक्कल गर्दै पछिल्ला दिनमा आधा दाह्री काट्ने र राख्नेको होडनै चलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्