२२ असार २०८३, सोमबार

काेराेना कहर: उपत्यकामा २१६ सहित देशभरमा ६३४ संक्रमित थपिए

काेराेना कहर: उपत्यकामा २१६ सहित देशभरमा ६३४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा काेराेनाका २ सय १६ सहित देशभर ६ सय ३४ नयाँ  सङ्क्रमित थपिएका छन्। सङ्क्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् । 

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार ५१९ नमूना परीक्षण गरिएको थियो। हालसम्म पाँच लाख ९२ हजार ७१८ पिसीआर परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या १२६ रहेको छ भने हालसम्ममा १८ हजार ३५० जना सङ्क्रमबाट मुक्त भएका छन्।

देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ११ हजार ६५८ रहेको छ । त्यसैगरी १३५ जना आइसीयूमा उपचारत छन् भने १२ जनाले भेन्टिलेटरमा रही उपचार गराइराखेका मन्त्रालयले जानकारी गराएको छ ।  

अहिलेसम्म मुस्ताङ, म्याग्दी र हुम्ला सङ्क्रमणरहित रहेका छन् भने मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढीको सङ्ख्यामा बिरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । कोरोना परीक्षण गर्न स्वाब दिएपछि पनि खुलेआम हिँडेको भन्दै मन्त्रालयले नतिजा नआएसम्म क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्