×

NMB BANK
NIC ASIA

आलेख

देश बनाउनुपर्ने युवामा 'परमुखापेक्षी प्रवृत्ति' : कोही नेताका झोला बोक्ने, कोही रमिते !

भदौ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

युवा उमेरमा पौरखी भएका व्यक्तिहरूले जीवनमा दुःख पाउनुपर्दैन भन्ने हाम्रो सामाजिक मान्यता र विश्वास छ । यो मान्यता र विश्वास विश्वव्यापी र शाश्वत हो । यस सन्दर्भमा एप्पल कम्प्युटरका संस्थापक स्टिभ जब्सले भनेको कुरा साँच्चै वैज्ञानिक र तर्कपूर्ण छ । उनी युवालाई भन्छन्,'तीस वर्षसम्म तिमी आफ्नो बानी बनाऊ, त्यसै बानीले तिमीलाई बनाउँछ ।' अर्थात् तीस वर्षभित्र हरेक युवाले आफूमा राम्रा गुण र आदतहरूको विकास गरिसक्नुपर्दछ जसको आधारशीलामा गतिलो भविष्यको निर्माण सम्भव हुन्छ । युवा उमेर अर्थात् समयमै होस् नपुर्‍याउने हो भने आफूले दुःख पाउने मात्र होइन,आउने सन्ततिलाई अभिशाप छाडेर जाने अपराधको भागी पनि हुनुपर्छ ।

Muktinath Bank

संसारभरिका युवाका लागि यो अनुशरणीय मार्गनिर्देश हो । उनी शाकाहारी थिए, हिप्पी भएर हिन्दू मन्दिर र बौद्ध धर्मका ध्यान केन्द्र चहार्ने आवारा युवा थिए । गाँजा,चरेस र लागूपदार्थका अम्मली जब्स त्योभन्दा बढी एक क्रिश्चियन अमेरिकी कुमारी आमा जाओने र उच्च वर्गका सिरियाली मुस्लिम विद्यार्थी अब्दुल फतेह जिन्दालीका अवैध सन्तान थिए । आफ्नो जीवनको संघर्षमय पाठशालामा प्राप्त शिक्षा उनले विश्वलाई दिएर गए । अवकाशप्राप्त सैनिक पल जब्स र क्लाराका धर्म पुत्रको रूपमा हुर्किएर कलेजको शिक्षा समेत नलिएको व्यक्तिले कसरी यतिबिघ्न प्रगति गर्न सक्छ भन्ने दृष्टान्त छाडेर गए । उनले आफ्ना धर्मपिता जब्सबाट सिकेको कुरा निकै उत्प्रेरक थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पुराना गाडीहरूको मर्मत गर्थे र नयाँ जस्तै पार्थे । यो स्टिभलाई गज्जब लाग्थ्यो । पल जब्स छोरालाई भन्थे– देखिने चिज राम्रो बनाएर मात्र हुदैन, नदेखिने भित्री चिज समेत राम्रो हुनुपर्छ नत्र सामान दिगो हुँदैन । यस कुराको उनमा गहिरो प्रभाव थियो र उनले उत्पादन गरेका एप्पलका ग्याजेटहरू आवरणमा मात्र होइन भित्रैदेखि राम्रा र दह्रा छन् । जति दाम परेपनि ग्राहकहरू एप्पलकै उत्पादन खोज्छन् । यो साँच्चै ठूलो साख र विश्वसनीयता हो ।


Advertisment
Nabil box
Kumari

यो प्रसंग किन उद्धृत गरिएको हो भने युवा ऊर्जा, क्षमता, संकल्प र महत्वाकांक्षाको परिणाम नै समाजको उन्नति तथा राष्ट्रको विकास हो । संसारका विकसित देशहरूले यो रहस्य समयमै थाहा पाए । साच्चै भन्ने हो भने युवा संकल्प र पसिनाले ती देशहरू समृद्ध बने । नजिककै कुरा गरौं । आधुनिक सिंगापुरका जनक मानिने ली क्वान यूले तीस वर्षको उमेरमा पिपल एक्सन पार्टीको स्थापना गरे सन् १९५३ मा । आफ्नो भाग्य खोज्दै समुद्री किनाराको पछौटे भूमि सिंगापुर आइपुगेका चिनियाँहरू, मुख्य भूमि मलेसियाका

Vianet communication
Laxmi Bank

 रैथानेहरू र भारतीय मूलका तमिलहरूको बसोवास रहेको बेलायतीहरूको औपनिवेशिक शासन रहेको सानो मुलुकमा केही गर्नुपर्छ भन्ने अन्तरप्रेरणाले उनलाई राजनीतिमा धकेल्यो । त्यसैको परिणाम आजको सिंगापुर हो । इन्डोनेसियनहरूको आक्रमणमा परेर तहस-नहस भएको, बेलायतीहरूको अधिकतम दोहनमा परेको, जापानीहरूले चरम शोषण गरेको र दोस्रो विश्वयुद्धमा विदेशीको युद्ध मैदान भएको सानो राष्ट्रलाई सम्हालेर उनले समृद्ध, विकसित र सम्मानित राष्ट्र बनाउन कति मेहनत गर्नुपर्‍यो होला, सहजै अनुमान गर्न सकिन्छ ।

अर्कातिर दक्षिण पूर्वी एसियाको सिंगापुरसँग जोडिएको कृषिमा आधारित अर्थतन्त्र भएको पछौटे मुलुक मलेसिया कसरी आजको अवस्थामा पुग्यो भन्ने कुरा हामी सबैका लागि दृष्टान्त भएको छ । त्यहाँ पनि मेडिकल साइन्स पढेका एकजना युवाको संकल्प नै राष्ट्रिय समृद्धिको मुख्य कारकको रूपमा रहेको छ । जातीय विद्वेषबाट उत्पन्न आपसी हिंसा र कलहबाट जोगाएर भौतिक पूर्वाधार र संरचनाको निर्माण गरी जवाफदेही शासन र कुशल, सक्षम एवं इमान्दार नेतृत्वको माध्यमबाट उल्लेखनीय प्रगति गर्न सक्नुमा महाथीर मोहम्मद विश्व विख्यात छन् । महाथीरले आफ्नो देशलाई मौलिक ढंगले विकसित बनाउन खोजे ।

नेपालको प्रजातन्त्र देखिनमा मात्र चिटिक्क भयो । यसको आन्तरिक स्वरूप पटक्कै चित्त बुझ्दो भएन । दलहरूको अवस्था पनि त्यस्तै छ । देख्दा चिटिक्क तर आन्तरिक रूपमा भद्रगोल ।

आफू प्रधानमन्त्री भएको केही वर्षपछि 'भिजन २०२०' लागू गरे । संसारका विकसित देशहरूले अपनाएको विकास मोडलको अनुकरण गरेनन् । असाध्यै भौतिकवादी बन्दै गएको आधुनिक विश्व उनलाई मन परेको थिएन । नैतिक आदर्श र मूल्यमा आधारित समाज बनाउने उनको सपना थियो । आफ्नोपन र मौलिकताको जगेर्ना गर्दै राष्ट्रको द्रुत विकास गर्ने । उनले देशको औद्योगिकीकरणलाई जोड मात्र दिएनन् निर्यातमुखी अर्थतन्त्रको जग नै बसाए । पुत्रजया नामक प्रशासनिक केन्द्र अर्थात् नयाँ शहर नै बसाए । आफ्नो पहिलो बाइस वर्षे प्रधानमन्त्रीत्व काल टुङ्ग्याउँदै गर्दा नयाँ शहरको समुद्घाटन गर्न समेत भ्याए । यो सबै उनको दृढ अठोटको परिणाम थियो । पार्क चुङ हीले दक्षिणकोरिया र देङ स्याओ पेङले चीन निर्माणको सपना देख्दा पनि यही भावना नै कारक थियो ।

यी प्रसंगहरू किन उल्लेख गरिएको हो भने अपार प्राकृतिक तथा धार्मिक सम्पदा भएको र विकासको प्रचुर सम्भावना बोकेको नेपाल आजसम्म किन गरीब छ भनेरै हो । यसको कारण के ? सोझो र स्पष्ट उत्तर के हो भने नेपालको राजनीतिमा राम्रा पात्रहरूलाई कहिल्यै प्रोत्साहन गरिएन । नेताहरूले देशको उन्नतिमा पटक्कै ध्यान दिएनन् । बेला–बेलामा यहाँ प्रश्न उठ्ने गरेको छ कि देशले युवाहरूको संरक्षण गरिदिएन । युवाहरूको भविष्य बर्बाद भयो ।

यहीँनिर समस्या छ । के युवाहरूले राष्ट्र निर्माणमा ध्यान दिए त ? साच्चै विडम्बना देखिन्छ । राजनीतिमा पसेका युवाहरू नेताका झोले भए र बाहिर बसेकाहरू रमिते भए । राजनीतिक दलभित्रका युवाले आफ्नै पार्टी सुधार्न सकेनन्, राजनीति के सुधार्न सक्थे ! बाहिरबाट धारेहात लगाएर बसेकाहरू दलले बनाई देलान् भनेर बसे । यही प्रवृत्ति अंगालेको भए न अमेरिका बन्थ्यो न युरोप । त्यहाँको नयाँ पुस्ता नजम्जमाएको भए आज उनीहरूले वर्तमानको समृद्धि भोग्न पाउने थिएनन् । त्यहाँका युवाहरूले आफ्नो देश आफ्नै अग्रसरता र संकल्पले बनाए । देश बनेपछि भविष्यको के कुरा?

नेपालका युवाहरू पेरिफेरिमा बसेर राजनीति प्रति घृणा पस्किन्छन् । राज्यप्रति आक्रोश व्यक्त गर्छन् र हरबखत प्रतिक्रिया दिई राख्छन् । यो शैली नितान्त प्रतिक्रियावादी शैली हो । आफ्नो देशको राजनीति बिग्रेको देखेर पनि त्यसलाई सुधार्न कम्मर नकस्नु र कसैले आएर कुनै दिन देश बनाइदेला भनेर अनन्तकालसम्म माला जपिराख्नु या पर्खेर बस्नु युवाहरूको कर्तव्य होइन । यो सरासर परमुखापेक्षी प्रवृत्ति हो । ली क्वान, महाथीर,पार्क या देङले यस्तै सोचेको भए ती देश र त्यहाँको समाज बन्ने थिएन । युवा उमेरमै उनीहरू राजनीतिमा नतानिएका भए त्यहाँको नयाँ पुस्ताले अहिलेको समृद्धि देख्न पाउने थिएनन् । 

कुन बाटो या राजनीतिक प्रणालीको माध्यमबाट विकास भयो, त्यो बेग्लै कुरा हो । तानाशाही व्यवस्था साँच्चै खराब हो तर त्यसले गरेको विकासलाई नकार्न त सकिँदैन । जनअधिकार स्थापनाको लडाईं त निरन्तर चलिरहन्छ । आखिर दक्षिण कोरियनहरूले विकासका अलावा प्रजातन्त्रको स्थापना पनि गरेरै छाडे । चीनमा समेत ढिलो चाँडो प्रजातन्त्र नआई सुखै छैन । प्रजातन्त्र मानव सभ्यताको अभिन्न अंग हो ।

प्रजातन्त्र निशर्त राजनीतिक प्रणाली होइन र त्यति सजिलो व्यवस्था पनि होइन । यसलाई व्यवहारले नै सिद्ध गर्न सक्नुपर्छ । यसको सिद्धान्त फलाकेर मात्र हुँदैन । तदनुकूलको व्यवहार छ कि छैन,यसैबाट प्रजातन्त्र जाँचिन्छ । प्रजातन्त्रको कंकाल देखाउँदैमा त्यो वास्तविक प्रजातन्त्र हुँदैन । स्टिभका बाबु पलले भनेजस्तो वस्तु बाहिर देखिएजस्तो भित्रैबाट राम्रो हुनुपर्छ, नत्र ग्राहकको त्यस वस्तुप्रति मोह जाग्दैन । यस सन्दर्भमा एउटा रोचक घटना छ । काठमाडौंको धोबीखोलामा एउटा कार खस्यो । कारमा सवार एक महिला डाक्टर थिइन् । उनी निकै घाइते भइन् । जब उनको मुखबाट आवाज निस्क्यो, भन्दै थिइन्– 'मेरो आइफोन, मेरो आइफोन ।' मृत्युको मुखमा पुग्दासम्म सम्झनलायक वस्तु बनाए स्टिभले, आफ्ना बुवाको प्रेरणाबाट ।

यो प्रसंग किन ल्याइएको हो भने प्रजातन्त्रका घोषित आदर्शहरू साँच्चै मननीय छन्, तर व्यवहार कस्तो छ ? कम्तिमा पनि नेपालमा त पटक्कै राम्रो छैन । त्यसैले बारम्बार दुर्घटना भइरहन्छ । पटक–पटक यसको स्थापना र पुनर्स्थापनाको संघर्ष चलिरहन्छ । प्रजातन्त्रको स्वरूप खडा गरेर मात्र त हुँदैन । यसलाई त अभ्यासले नागरिकहरूको जीवन पद्धति बनाउनु पर्दछ । बाहिर सिंगारेर मात्र हुँदैन, भित्र पनि उत्तिकै सुन्दर राख्न सक्नु पर्दछ । नेपालको प्रजातन्त्र देखिनमा मात्र चिटिक्क भयो । यसको आन्तरिक स्वरूप पटक्कै चित्त बुझ्दो भएन । दलहरूको अवस्था पनि त्यस्तै छ । देख्दा चिटिक्क तर आन्तरिक रूपमा भद्रगोल । त्यसैले पनि युवा आक्रोश बढेको हो । 'इनफ इज इनफ' यसैको परिणाम हो, तर देश सुधार्ने कसले त ?

युवा उमेरमै बीपी कोइरालाले आफूलाई राजनीतिमा नहोमेको भए न प्रजातन्त्र आउँथ्यो न नेपाल बच्थ्यो । उनले पन्ध्र वर्षभित्र सबै नेपालीलाई मेरो परिवार सरह बनाउँछु भन्ने संकल्प पूरा गर्न पाएको भए आज नेपालको यस्तो दुरावस्था हुने थिएन । त्यसैले युवाहरूले अज्ञात शक्तिको प्रतीक्षामा दिन गनेर बस्ने प्रवृत्ति परित्याग गर्नु आजको राष्ट्रिय आवश्यकता हो । केही मानिस र राजनीतिक दलका लागि यो निर्दयी समेत हुनसक्छ तर यो अपरिहार्य छ । तर दुर्भाग्यवश त्यस्ता संकेतहरू पटक्कै छैनन् । हाम्रो युवा जमात आफ्नो शक्ति बिर्सेर सुस्केरा हाल्दै जीवन बिताउन अभिसप्त छ, त्यसैले हाम्रो दुर्दिनका कारण हामी आफै हौं । भाग्यलाई पर्खिएर कर्म नगर्ने हाम्रो प्रवृत्ति हो । यस्तो समाजको लामो भविष्य हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x