२२ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री परे कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा, भेटघाट बन्द

भदौ ७, २०७७
मुख्यमन्त्री परे कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा, भेटघाट बन्द

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टीन’मा बसेका छन् ।

मुख्यमन्त्री निवासका चालकमा आइतवार कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा गर्दा मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टीनमा बसेका हुन् ।

‘सेल्फ क्वारेन्टीनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नुभएको छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने, ‘हामी सबै सेल्फ क्वारेन्टीनमा छौं ।’  

केही दिनअघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुगेका थिए । त्यहाँ उनले कोरोना परीक्षण गर्ने पीसीआर मशिनको उद्घाटन गरेका थिए । डोटी भ्रमणकै क्रममा उनका चालकमा संक्रमण भएको आशंका गरिएको छ ।

चालकमा कोरोना संक्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमूना लिने तयारी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्