चीनले दक्षिण चीन सागरभित्र सुरुङ बनाएर पनडुब्बी लुकाएको खुलासा भूउपग्रहीय तस्वीरले गरेको छ ।
सुरुङ चीनको हेनान टापुस्थित यूलिन नेभल बेस नजिक छ ।
अमेरिकाको स्याटेलाइट इमेजिङ कम्पनी प्लानेट ल्याब्सले जारी गरेको तस्वीरहरूमा चीनको पनडुब्बी देखिएको हो । रेडियो फ्री एसियाले अगस्ट १८ मा यसको ट्वीट गरेको हो । तस्वीरमा एक पनडुब्बी यूलिन नेभल बेसको सुरुङतर्फ गइरहेको देखिन्छ ।
त्यसनजिक दुई युद्धपोत पनि देखिन्छन् ।
टाइप ०९३ पनडुब्बी हो कि भनी अनुमान गरिएको छ । चीनसँग आणविक हतियार, टोरपिडो र क्षेप्यास्त्र जडित अनेकौं पनडुब्बी छन् ।
यूलिन बेस हेनान टापुको दक्षिणी किनारमा बनाइएको छ । चीनको यस नेभल बेसमा अमेरिकाको पनि नजर रहन्छ । अमेरिकी जलसेनाको गुप्तचर इकाइले वर्षको एकपटक लडाकू जहाज पठाउने गरेको छ । चीनका गतिविधिहरू पत्ता लगाउनका लागि विमान पठाइने गरेको हो ।
दक्षिण चीन सागरमा अमेरिका र चीनबीच विगत केही वषएयता तनाव चलिरहेको छ । यसै वर्ष अप्रिल ६ मा चीन र अमेरिकाका जहाजहरू १०० मिटरको दूरीमा आमनेसामने थिए ।