
गत आर्थिक वर्ष ०७६/७७ मा नेपालमा आठ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो त्यस अघिल्लो आवको तुलनामा चार अर्ब २४ करोड कम हो।
आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स आएको थियो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा रेमिट्यान्समा ०.५ प्रतिशतले कमी आएको हो।
आव २०७६/७७ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो। आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ।