
साेनिया गान्धी केही समय भारतीय राष्ट्रिय कांग्रेसकाे अन्तरिम अध्यक्षकै रुपमा नेतृत्व सम्हाल्ने भएकी छन्।
पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो।
तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ। साेनियाले साेमबारकाे बैठकमा राजीनामा पेश गरेकी थिइन्। तर नयाँ अध्यक्ष चयन हुन नसक्दा उनले नै निरन्तरता पाएकी हुन्।
बैठकले जतिसक्दो चाँडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिए।
नयाँ अध्यक्ष चयन हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए।