
कोरोना भाइरसका कारण नेपालमा 'लक–डाउन' गरिएको छ । यस्तो अवस्थामा घरबाहिर निस्कन पाइने छैन । 'लक–डाउन'का समयमा घरमा बस्दा तनाव हुन सक्छ । यस्तो अवस्थामा कसरी बस्ने ? केही टिप्स यहाँ उल्लेख गरिएका छन् ।
गीतसंगीत, अध्ययन तथा पेन्टिङमा मन लगाउनुहोस्
'लक–डाउन'को अवस्थामा घरमा एक्ले महशुस भएमा मानसिक तनाव उत्पन्न हुन्छ । त्यसकारण एक्लै हुँदा गीतसंगीत सुन्ने, विभिन्न पुस्तकहरू पढ्ने, पेन्टिङ गर्ने जस्ता काम गरेर समय बिताउन सक्छौं । यसो गरेमा तनाव भुल्न सकिन्छ ।
साथीसँग कुरा गर्नुहोस्
पछिल्लो समय भिडियो कन्फ्रेन्सिङको प्रयोग बढ्दै गइरहेको छ । साथीहरूसँग भिडियोमा कुरा गर्नुहोस् । यसो गर्दा तपाईंलाई एक्लोपनले सताउँदैन ।
व्यायाम गर्नुहोस्
व्यायामले तनाव कम गर्न सहयोग गर्दछ । व्यायामका कारण हाम्रो शरीरमा ह्यापी हर्मोन निस्कन्छ । जसले तनावलाई हटाउँछ ।
स्वस्थकर खाना खानुहोस्
खानपानले मानिसको शारीरिक अवस्था झल्काउँछ । तपाईंले जस्तो खाना खानुहुन्छ, त्यस्तै स्वभाव बन्छ । त्यसकारण सधैं स्वस्थकर खाना खानुपर्छ ।
पूरा समय निदाउनुहोस्
अनेक तनावका कारण निन्द्रा नलाग्ने समस्या हुन सक्छ । यसले स्वास्थ्यलाई हानी नोक्सानी पुर्याउँछ । त्यसकारण निन्द्रा पूरा गर्नुहोस् ।