२३ असार २०८३, मंगलबार

४९ हजार ७५४ जनाको उम्मेद्वारी, कुन जिल्लामा कति उम्मेद्वार ?

कात्तिक २०, २०७४
४९ हजार ७५४ जनाको उम्मेद्वारी, कुन जिल्लामा कति उम्मेद्वार ?
काठमाडौं, २२  बैशाख– स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा तीन प्रदेश, ३४ जिल्लाको २८३ स्थानीय तहका लागि बैशाख १९ गते भएको उम्मेदवारको मनोनयन दर्ता गर्नेहरूको अन्तिम सङ्ख्या प्राप्त भएको निर्वाचन आयोगले जनाएको  छ । आयोगमा स्थापना गरिएको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) ले उपलब्ध गराएको कुल उम्मेदवारको सङ्ख्या ४९ हजार ७५४ रहेको छ । कुल १३ हजार ५५६ पदका लागि उम्मेदवारको मनोनयन दर्ता भएको थियो । 
अध्यक्ष तथा प्रमुखमा १,९४३, उपप्रमुख तथा उपाध्यक्ष १,४४५ वडाध्यक्ष १०,९६०, दुई पद वडा सदस्यमा १८ हजार ६८४, वडा सदस्य महिला ९,१३९, दलित वडा सदस्य महिला ७,५८३ गरी जम्मा ४९ हजार ७५४ जना उम्मेदवारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्  । 
सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका ८८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफू गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, पोखरा–लेखनाथ महानगरपालिकामा ८६५, भरतपुर महानगरपालिकामा ७०० र ललितपुर महानगरपालिकामा ६३८ जनाको उम्मेदवारी परेको छ ।
election-lokaantar-1

 


कुन जिल्लामा कति उम्मेद्वार ? सूचि हेर्नुहोस्, बिहीबारको बिबरण 

salt training

कमेन्ट गर्नुहोस्