३१ जेठ २०८३, आइतबार

लागूऔषध कारोबार अभियोगमा २ जना पक्राउ

भदौ १०, २०७७
लागूऔषध कारोबार अभियोगमा २ जना पक्राउ

रुकुमपश्चिममा २ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी २ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोबारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

गोली प्रहारबाट १ जना घाइते भएका छन् भने उनीसँगै अर्का १ जना पक्राउ परेका छन् । १ जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । 

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरूले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मंगलवार २ व्यक्ति पक्राउ परेका हुन् । उनीहरूबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्