
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९४५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा बुधवार थप ३२ जना संक्रमितहरू फेला परेका हुन् । तीमध्ये २० जना पुरुष लमजुङमा नेपाली सेनामा कार्यरत हुन् ।
पोखरा–११ का ४६ वर्षीय पुरुष साई अर्चना अस्पतालमा कार्यरत हुन् । लमजुङको बेसीशहर–८ का ३२ वर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी छन् । केही विदेशबाट फर्केका छन् भने बाँकी कट्याक्ट टे«सिङ आधारमा पहिचान भएका हुन् ।
मनाङमा मंगलवार पहिचान भएका २ जनामध्ये १ स्वास्थ्यका कर्मचारी रहेको खुलेको छ ।
स्वास्थ्यका कर्मचारी नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत भरतपुर–१६ का शिक्षकमा पनि कोरोना देखिएको छ । मनाङमा योसहित संक्रमित संख्या ५ पुगेको छ । त्यहाँ भेटिने सबै बाहिरी जिल्लाबाट प्रवेश गरेका हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६४३ पुगेको छ । निको हुने दर ८४.४७% रहेको छ । हालसम्म ८ जनाको मृत्यु भएको छ ।