
कोरोना भाइरस संक्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मंगलवार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको जानकारी दिए ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।
फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेसनमा २० जना कोरोना संक्रमित उपचारत रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।