०२ असार २०८३, मंगलबार

प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

कात्तिक २०, २०७४
प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना
काठमाडौँ, २२ बैशाख - सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको खबर नयाँ पत्रिकामा छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँबराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । ‘मुलुकभरका प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँको खानेपानी योजना लैजाने तयारीमा तयारीमा मन्त्रालय जुटेको छ,’ उनले भने ।

मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अर्ब २० करोड रुपैयाँ बजेट आवश्यकता पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्