२३ असार २०८३, मंगलबार

एनआइसी एशिया बैंकले ल्यायो ‘क्युआर रिफर एन्ड अर्न’ योजना

एनआइसी एशिया बैंकले ल्यायो ‘क्युआर रिफर एन्ड अर्न’ योजना

एनआइसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्युआर रिफर एन्ड अर्न’ योजना ल्याएको छ । 

क्युआर मर्चेन्ट तथा ग्राहकले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले जनाएको छ ।

यस योजनामा बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आबद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ । 
साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्युआर पेमेन्टबाट भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्‍याउन यस योजनालाई अगाडि बढाएको बैंकले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्