केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य पुनः बढेको छ ।
बिहीवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन बुधवारको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ८ सय रुपैयाँ वृद्धि भएको छ । बुधवार यस्तो सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै बिहीवार चाँदीको मूल्यमा २५ रुपैयाँले वृद्धि भएको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।