०५ असार २०८३, शुक्रबार

महाकालीमा उच्च ज्वरोको प्रकोप, १० दिनमा एकै ठाउँका ६ जनाको मृत्यु

भदौ ११, २०७७
महाकालीमा उच्च ज्वरोको प्रकोप, १० दिनमा एकै ठाउँका ६ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा अचानक उच्च ज्वरो आउने र बेहोस हुने समस्या भयवाह बन्दै गएको छ ।

उच्च ज्वरोबाट पछिल्लो १० दिनयता १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको छ ।

महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीका अनुसार नगरपालिकाका प्रायः सबै वडामा उच्च ज्वरोको समस्या देखिएको छ ।

नगरपालिकाकाको ६ नम्बर वडाका वडाध्यक्ष समेत रहेका प्रवक्ता सिजालीले भने, ‘यो समस्या भदौ महिनाभित्रै देखिएको समस्या हो । अचानक ज्वरो आउने । कसैकसैलाई १०२ देखि १०५ डिग्रीभन्दा बढी ज्वरो आउने । क्षणभरमै बेहोस हुने र अन्ततः मृत्यु नै हुने समस्या देखियो । हामी धेरै चिन्तित छौं । यो कोरोनाको कहरसँगै खै कस्तो महामारी आइलाग्यो ?’ 

महाकालीस्थित दोधारा स्वास्थ्य केन्द्रलाई उदृत गर्दै प्रवक्ता सिजालीले १० दिनको अवधिमा ८ जनामा लक्षण देखिएको बताए । २ जना निको भएर घर फर्के भने ६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरू ६७ वर्षीय पुरुष, १४ वर्षीया महिला, २१ वर्षीय पुरुष, १४ वर्षीय पुरुष लगायत छन् । सबैको रगत परीक्षण भएको र कसैकसैमा जापानिज इन्सफ्लाइटिसको लक्षण समेत देखिएको प्रवक्ता सिजालीको भनाइ छ ।

दोधारा स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको बताउँदै उनले अधिकांशको कोरोना परीक्षण समेत नभएको र त्यत्तिकै अन्तिम संस्कार गरिएको खबर पाएको बताए ।

सामाजिक विकास मन्त्रालय धनगढीका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले महाकाली नगरपालिकामा इन्सफ्लाइटिसको लक्षण देखिएको बताए । प्रभावितहरूले ‘जेई भ्याक्सिन’ नलिएको बुझिएको उनले बताए ।

सबैको रगत संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाउने तयारी गरिएको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले परीक्षण हेर्दै आएको महाशाखा प्रमुख कार्कीले बताए । तर महाकाली नगरपालिकाका मृतकको पीसीआर जाँच भएको वा नभएको तथा गराउने जिम्मेवारी स्थानीय तहको रहेको उनले बताए । उच्च ज्वरोको समस्या दार्चुला जिल्लाको गोकुलेश्वरमा पनि देखिएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्