२३ असार २०८३, मंगलबार

कोरोना संक्रमणबाट गर्भवतीको मृत्यु

कोरोना संक्रमणबाट गर्भवतीको मृत्यु

बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । 

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए ।

उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्