३० जेठ २०८३, शनिबार

दर्ता नगरी सञ्चालनमा आउने एके सर्जिकललाई ५० हजार जरिवाना

दर्ता नगरी सञ्चालनमा आउने एके सर्जिकललाई ५० हजार जरिवाना

कम्पनी दर्ता नगरी सञ्चालनमा आएको त्रिपुरेश्वरको ए.के. सर्जिकल प्रालि कारबाहीमा परेको छ । 

बिहीवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निरीक्षक अधिकृत बाबुराम अधिकृतसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेको पाइएकाले कारबाही गरिएको विभागले जनाएको छ । 
विभागका अनुसार, सो कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिम व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गरेकाले दफा २८(ट) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(घ) अनुसार रु ५० हजार जरिवाना गरियो,’ विभागले भनेको छ । 
यस्तै विभागले अन्य ३ कम्पनीलाई अवस्था सुधार गर्नका लागि निर्देशन दिएको छ । 

इन्टरनेशनल प्याथो साइन्टिफक ट्रेडर्स न्यू लाईफ सर्जिकल तथा विकास सर्जिकल कन्सन प्रालिलाई सामान्य कैफियत भेटिएकाले तत्कालै सुधार गर्न निर्देशन दिएको विभागले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्