१९ असार २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा नै थपिए कोरोनाका ३ सय ७७ संक्रमित

काठमाडौं उपत्यकामा नै थपिए कोरोनाका ३ सय ७७ संक्रमित

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना छन् ।

संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा छ सय ६९ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने  १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्